News Portal

परिचय खुल्ने कागजातबाट स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाइने

साथीन्यूज
२८३ पटक

स्थानीय तहको निर्वाचन २ दिन हुन बाँकी रहँदा निर्वाचन आयोगले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।

बुधबार प्रेस विज्ञप्तिमार्फत आयोगले मतदाता नामावलीमा नाम भएका सबैले परिचय खुल्ने कागजातका आधारमा मतदान दिन पाउने व्यवस्था मिलाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको छ ।’

परिचय पत्र नभएका तर मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाइ यकिन गरेर मतदान गर्न पाउने आयोगले विज्ञप्तिमा भनेको छ ।

प्रतिकृया दिनुहोस्