News Portal

अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं आएपछि नेपाली राजनीतिक वृत्तमा खैलाबैला

साथीन्यूज
२५४ पटक

यति बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज आएको फोटो र भिडियोसामाजिक संजालाहरुमा भाइरल भैरहेका छन भने शुक्रबार बिहान सवा ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज अवतरणको खबरले नेपाली राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ।

अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री लिएर आएको भनिएको अमेरिकी सेनाको उक्त कार्गो जहाज पौने १२ बजे फर्किएको थियो ।

राष्ट्रघाती ठानिएको एमसीसी सम्झौता संसदबाट पारित भैसकेको अवस्थामा काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज आउनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका थिए। तर बिमानस्थल स्रोतलाई उद्दृत गर्दै प्राप्त समाचारमा जनाइए अनुसार, यसै गरेर यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर बिदेशी जहाजहरु नेपाल आउने गरेका थिए।

प्रतिकृया दिनुहोस्