कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा न ६ लुम्लेको च्यान्मारे भिरमा साढे दुई वर्षीय बालक मृत अवस्थामा फेला परेको १२ दीन भैसकेको छ । ।
फाल्गुन १४ गते अन्दाजी बिहान १० बजेको समयमा साढे २ वर्षका संदेश बिक घरबाट हराएका थिए । बाबु कता गयो भनेर परिवारले दिनभरी खोजि कार्य गरे । घर परिवार र आफन्तले खोज्दा नभेटेपछि पोखराको बगरमा रहेको प्रहरीको टोलीले पनि खोजि कार्य अगाडी बढाएको थियो ।
दिनभरी खोज्दा बाबु नभेटेपछि चिन्तित बनेका परिवार र आफन्तहरु बेलुका सम्म निरास बनिरहे । बाबुको बारेमा सबैको मनमा धेरै खाले जिज्ञासाहरु आईरहेका थिए । त्यस्तै १४ गते बिहान हराएका उनी भोलिपल्ट घोप्टि परेको अवस्थामा घर भन्दा अन्दाजी २० मिनेट माथीको डरलाग्दो जंगलमा भीरको मुनि झाडीमा मृत अवस्थामा फेला परेका हुन् ।
बालकको शव भेटेको ठाउँभन्दा केहिमाथि उसले लगाएको चप्पल र टोपी भेटिएको मृत बालकको शरीर तल फर्किएको अवस्थामा भएको स्थानिय बताउछन । भीरको मुनी बालकको शव फेला परेपछि घटना शंकास्पद बन्दै गएको उनका हजुर बुवा बाबुराम विक ले बताए । आफन्त र गाउलेहरु यो हत्याको शंका गरिरहेका थिए भने यता प्रहरीले पनि गण्डकी प्रदेशको तालिम प्राप्त कुकुर लगेर घटनास्थलमा अनुसन्धान सुरु गरेको थियो।
बालकको शव भेटिएको ठाउमा अघिल्लो दिनपनि आफन्तहरुले खोजि गरेका थिए ,आफन्त भन्छन अघिल्लो दिन केहि नभएको ठाउमा कसरी बाबुको शव आयो ? त्यस्तै बाबु हराएको रात असिना पानी परेको थिईयो भने बाबुको शव फेला परेको दिनमा बाबुको कपडा कुनै पनि भिजेको थिएन । साढे दुई वर्षको बालक त्यो ठाउमा आफै गयो भन्ने कल्पना कसैले पनि गर्न नसक्ने भएकाले घटना रहस्यमय बन्दै गएको लुम्लेबासीको भनाई रहेको छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारी ले घटनाको अनुसन्धान सुस्म तरीकाले भैरहेको बताएका छन | बालक त्यो ठाउमा पुग्न नसक्ने प्रहरीको पनि ठम्याइ रहेको र प्रदेश प्रहरी कार्यलयबाट तालीम प्राप्त कुकुर पनि घटनास्थलमा लगेर अनुसन्धान भैरहेको छ उनि बताउछन | के भन्छन त स्थानिय ? प्रहरी के भन्छ ? तलको भिडियोमा हेर्नुहोस