News Portal

देशभरका अधिकांश स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपात र चिसाे बढ्दै

साथीन्यूज संवाददाता
३०८ पटक

काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

त्यस्तै, रातिमा भने देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चे’तावनी दिँदै महाशाखाले भनेकाे छ- ‘देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

प्रतिकृया दिनुहोस्