News Portal

मलाई निकाल्दीनुस बचाउ बचाउ भन्दै गर्दा गयो २ जनाको ज्यान पोखरामा ट्रक दुर्घटना यस्तो छ घटनास्थल भिडियो सहीत

साथीन्यूज संवाददाता
६०८ पटक

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं।२६ विजयपुरमा आज बिहान साढे ४ बजेको समयमा ट्रक दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु।२ ख।२९४८ नं। को फलामे छड ९रड० बोकेको ट्रक आफै अनियन्त्रित भई नहरमा पल्टिन जादा २ जनाको मृत्यु भएको हो ।
प्रहरीलाई खबर गर्ने स्थानिय भन्छन रडले किचेर टाउको मात्रै निक्लीएको थियो बचाउ मलाई बचाउ भन्दै थिए तर बचाउन सकीएन|

मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीम बहादुर तामाङ र अर्का पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । कस्तो छ त घटनास्थल हामीले आज यो कार्यक्रममा लिएर उपस्थीत भएका छौ कृपया यो भिडियो हेर्नुहोला |

प्रतिकृया दिनुहोस्