तनहुँ । तनहुँमा शिकार खेल्न हिँडेका १७ वर्षीया युवकको गाेली लागेर मृत्यु भएको छ ।
तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोमित मल्लको भरुवा बन्दुकको गोली लागेर आइतबार मृत्यु भएको हो ।
शिकार खेल्न जंगल गएका उनको भरुवा बन्दुक पड्केर मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शिकार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको बन्दुक पड्किएको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा बन्दुकको लाइसेन्स नरहेको जनाइएको छ ।बचाउन सकीन्छ की भनेर स्वास्थ्य केन्द्रमा ल्याएपनि उनको ल्याउदा नै ज्यान गैसकेको त्यहाका स्थानिय बताउछन । हामी उक्त ठाउमा पुगेर स्थानिय र वडा अध्यक्ष्य संग कुरा कानि गरेका छौ हेरौ स्थलगत रिपोर्ट