News Portal

कास्कीको पाउँदुरमा बस दुर्घटना हुदा चालकको मृत्यु, ८ जना घाइते-भिडियो सहित

साथीन्यूज संवाददाता
३७० पटक

पोखरा । कास्कीको पाउँदुरमा बस दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

कास्की जील्लाको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङका लागि छुटेको लु१ख ७७६६ नम्बरको यात्रुवाहक बस बिहान करिब ७ बजे दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा बस चालक पाल्पा घर भएका ४६ वर्षीय भूपेन्द्र खनाल रहेको कास्की प्रहरीले जनाएको छ । खनाललाई बसले च्यापिएको अवस्थामा स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको थियो । खनालको पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको हो।

बस सडकबाट करिब ३० मिटर तल खसेर बस्ती नजिकै पुगेको हो । बसले स्थानीय जुम काजी विकको गोठ, भान्सा घर, ट्वाइलेटमा क्षति पुर्याएको छ ।

घाइते हुनेमा वाग्लुङ जिल्ला वाग्लुङ न.पा.वडा नं.६ लहरे पीपल बस्ने २९ वर्षको शिवराम शर्मा, वडा नं -२ आवारोड बस्ने ४२ वर्षीया सुवर्ण सापकोटा, वडा नं. -१४ बलेवाका २५ वर्षीय राजु श्रेष्ठ र उहाँका ८५ वर्षीय बुबा उमलाल श्रेष्ठ तथा ठुलढुङ्गाका ४८ वर्षीय कृष्ण खड्का र कास्की अन्नपूर्ण -३ पाऊँदुर बस्ने (घर धनी) माया विकको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । त्यसतै पर्वत फलेवास -४ बस्ने ३५ वर्षीय सूर्य तिवारी र चितवन भरतपुर -३ राम्जाली मार्गकी २३ वर्षीया साधना उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।उक्त दुर्घटना के कारणले भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्