News Portal

घान्द्रुकमा दसैंतिहारमा ‘लकडाउन’

साथीन्यूज संवाददाता
६२९ पटक

 

पर्यटकका लागि आकर्षक प्याकेज सार्वजनिक गर्ने घान्द्रुक वासीले यसपालिको दसैंमा भने पर्यटक मात्रै हैन भान्जाभान्जी र छोरी ज्वाइँलाई समेत गाउँमा नआउन आग्रह गरेका छन् ।

घान्द्रुक पर्यटन समितिले बिहीबार बैठक नै बसेर आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई नआउन नदिने निर्णय गरेको हो ।

समिति अध्यक्ष स्थानीय अगुवा किसम गुरुङले भने, ‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।

माछापुच्छ्रेको शीर हातैले छुन सकिनेजस्तो दृश्य हेर्न आएका पाहुनलाई सत्कार गर्दै फुर्सन पाउने थिएनन् स्थानीयले , दसैंको बिदा सुरु भएपछि घान्द्रुकमा स्वेदशी पर्यटक हरुको लर्को नै लाग्ने गर्दथ्यो |  कोरोना संक्रमण कम नभएपछि घान्द्रुकमा होटेल र होमस्टेहरु खुलेका छैनन् ।

पदयात्राका लागि प्रख्यात अन्नपूर्ण बेस क्याम्प जाने घान्द्रुक भएरै हो । घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १० र ११ नम्बर वडामा पर्छ ।

आज सम्म घान्द्रुकमा एकजना पनि कोरोना भाइरसका विरामी छैनन |घान्द्रुक प्रवेश गर्ने नाका युवाहरु खटिएर आवतजावतको निगरानी गरिरहेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्