
पोखरा १६ असार ।
राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको सरसफाइ गरिएको हो । टान गण्डकीको आयोजनामा नेपाल पय{टन बोर्ड नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकाय{मा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ ।
सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अन्त{गत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ कार्यक्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचाय{ले जानकारी दिए । सरसफाई अन्तरगत पदमाग{मा संकलित फोहोर डुंगा मार्फत ओसारी व्यवस्थापन गरिएको थियो । अध्यक्ष आचार्यले फेवाताल काखमा माछापुच्छ्रे हिमालयको सुन्दर दृष्य सगै पोखराको दृष्य अवलोकनका लागि यो पदमर्ग उपयुक्त रहेको बताए ।
फेवा तालको ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गी सम्म एक दिनको हाइकिङ पदयात्रा गर्न सकिन्छ । टानले फेवा ताललाई केन्द्रमा राखेर पोखरा आउने पर्यटकलाई छोटो दुरीको फेवा हाईकिङ पदमार्गको प्रवर्दन गरेको हो ।
राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ काय{क्रको समापनको अवसरमा बोल्दै पोखरा महानगरपालिका वडानम्बर २२ का अध्यक्ष हिमलाल बरालले यो पदमाग{ निमा{ण सम्पन्न हुदाँ फेवावतालको एक फन्को लगाउन सकिने र त्यसको लागि पदमार्ग स्तरोन्तीको काम भइरहेको बताए ।
आगामी आर्थीक वर्षमा करिब १३ किलोमिटर लामो पदमार्गको निर्माण सम्पन्न गर्ने वडाध्यक्ष बरालले जानकारी दिए । पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले पदमार्ग सफाइ अभियान चालनउनुपने{ बताए । उनले त्यसका लागि पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडको भूमिका महत्वपूर्ण हुने भुजेलको भनाई थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा काम गर्न चाहनेहरुका लागि यही राम्रो सम्भावना रहेको बताए । विदेशमा काम गर्न सोचे जस्तो सहज नरहेको बतादै सुवेदीले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड पेसामा यही सम्भावना रहेको चर्चा गरे ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नयाब उपरिक्षक सन्तोष निरौलाले तालिममा सिकेका कुराहरु प्रशिक्षार्थिले व्यवहारीक रुपमा उतार्न सके व्यवसायीक जीवनले सफलताको शिखर चुम्ने सक्ने सुनाए । कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदी, द्धितिय उपाध्यक्ष मोहन सुवेदी, कार्यसमिति सदस्य रेनुका कार्किले पदमार्गको सम्भावना वारे चचर्चा गरेका थिए । तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।