News Portal

पोखरा महानगरको बजेट ८ अर्ब ३५ करोड

१५३ पटक

पोखरा ८, असार ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि झन्डै साढे ८ अर्बको बजेट ल्याएको छ । उपमेयर मन्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन हुने कार्यक्रम र योजनाको लागि ८ अर्ब ३५ करोड १२ लाखको बजेट प्रस्तुत गरेकी हुन् ।

पूरा बजेटमध्ये संघ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात ३६.१३ प्रतिशत र अन्य स्रोतबाट ५ अर्ब २२ करोड अर्थात् ६३.८७ प्रतिशत छ ।

नगरपालिकाले ९५ करोड खर्च गर्ने गरी बजेटमा प्रस्ताव गरिएको छ । यसबाहेक सामाजिक विकासमा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयमा १ अर्ब, पूर्वाधार तर्फ २ अर्ब ३३ करोड, सहरी विकास, पर्यटन, वन तथा वातावरणमा ३८ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् ।

आन्तरिक राजस्वबाट ३ अर्ब २३ करोड उठाउने लक्ष्य छ । प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, संघ राजस्व बाँडफाँटबाट ३३ करोड ८ लाख, संघको समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान ८ करोड १५ लाख प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

महानगरको १७ औं नगरसभामा मेयर धनराज आचार्यले आइतबार नै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएपछि उपप्रमुख गुरूङले बजेट पेश गरेकी हुन् ।

बजेटले पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास, उत्पादनमूलक व्यावसायिक कृषि प्रणालीको विकास, समानुपातिक विकास प्रक्रिया, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रदूषण नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण, सभ्य, सुसंस्कृत र व्यवस्थित शहरीकरणको विकासको नीति लिइएका महानगर प्रमुख धनाराज आचार्यले बताए ।

 

 

प्रतिकृया दिनुहोस्