News Portal

राष्ट्रियता जोगाउन ओलीको योगदान महत्वपूर्णः पृथ्वीसुब्बा गुरुङ

साथीन्यूज संवाददाता
७७३ पटक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले देशको राष्ट्रियता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।


गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका उहाँले मध्यनेपाल नगर कमिटीको आयोजनामा बुधबार भोर्लेटारमा भएको मध्यनेपाल नगरपालिका स्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यसअघिका प्रधानमन्त्रीका पालामा नभएको काम अहिले भएको बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा देशले धेरै उपलब्धी हासिल गरेको नेता गुरुङले बताउनुभयो । प्रधानमन्त्रीले राष्ट्रिय अडान लिएको, देशको शिर उच्च पर्न खालको ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भएको बताउनुभयो ।
देशको उपलब्धीमाथि आफ्नै पार्टीका नेतालाई डाहा भएको र सहन नसकेका कारण प्रधानमन्त्रीलाई काममा अप्ठ्यारो अवस्था सिर्जना गरेको बताउनुभयो । आफ्नै पार्टीका नेताले काम गर्न नदिएको कारण संसद विघटन गर्न बाध्य भएको समेत नेता गुरुङले बताउनुभयो । आफ्नै कार्यकर्ताले नेतालाई नेता नमान्ने, विभाजनको पक्षामा जाने, विवाद सिर्जना गरेका कारण यो अवस्था आएको बताउनुभयो । सुशी नेपाली समृद्ध नेपालको नारालाई अघि सार्दै देशमा परिवर्तन भइरहेको समयमा काम गर्न नदिने वातावरण सिर्जना भएको गुरुङले बताउनुभयो । देशमा कोरोना संक्रमणको अवस्थामा न्यूनिकरणको चिन्ता भन्दा प्रधानमन्त्रीलाई कसरी काम गर्न नदिने भन्ने कुरामा अन्य नेताको ध्यान केन्द्रित भएको आरोप लगाउनुभयो ।


कार्यक्रममा नेकपा केन्द्रिय सदस्य लमजुङ इन्चार्ज, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा केन्द्रिय सदस्य, नेकपा जिल्ला सचिव, प्रदेश सभा सदस्य धनञ्जय दवाडी, राष्ट्रिय सभा सदस्य दिपा बस्नेत गुरुङ, संविधान सभा सदस्य जमिन्द्रमान घले, नेकपा नेता मोहनहरी पौडेललगायतको उपस्थिति थियो । मध्यनेपाल नगर कमिटीका सचिव अर्जुनकुमार श्रेष्ठको अध्यक्षताम कार्यक्रम समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्