News Portal

प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लोन सम्झौता नगर्ने

साथीन्यूज संवाददाता
३४ पटक

काठमाडौं, १० मंसिर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् ।

आज  प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन पूर्व प्रधानमन्त्री र पूर्व पराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नगर्ने जानकारी गराएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताए । ‘प्रधानमन्त्रीले यसपालीको चीन भ्रमणमा म लोन सम्झौता गर्दिनँ भन्ने खालको कुरा गर्नुभयो,’– पूर्वप्रधानमन्त्री खनालले भने ।

सरकारले चीनसँग लोन लिनै हुँदैन, बीआरआईको लोन लिनै हुँदैन भन्ने नीति बनाउन खोजेको भए त्यो स्वीकार्य नहुने पनि नेता खनालले बताए । ‘ठीक छ तपाईँले यो भ्रमणमा लोन सम्झौता गर्नुहुन्न भने यो तपाईँको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईको लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो असाध्यै आपत्तिजनक हो भन्ने कुरा हामीले राखेका छौं,’– उनले भने ।

प्रतिकृया दिनुहोस्