News Portal

पोखरामा सात वर्षीय बालक भिरबाट लडि घाईते

साथीन्यूज संवाददाता
७९८ पटक

पोखरामा सात वर्षीय बालक भिरबाट लडि घाईते भएका छन्।

पुष २२ गते दिनको ३:३० बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-१६ लामाचौर गोस्टे स्थित ऐ.२५ याम्दी बस्ने ७ वर्षको सुरेश बि.क. बाख्रा चराउन जाने क्रममा भिरबाट अचानक लड्न जाँदा घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याईएको छ। उनको टाउकोमा चोट लागेको हुदा अवस्था सिरियस रहेको छ।

उक्त खबर प्राप्‍त हुनासाथ प्रहरी टोली खटिएर घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनु भयो।

प्रतिकृया दिनुहोस्