News Portal

प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिँदै

साथीन्यूज
१२३ पटक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदैछन् ।

नेपाली कांँग्रेससंगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भयो।

मन्त्रिपरिषदमा हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।

आज ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएपछि सभामुख घिमिरेले विश्वासको मत लिने प्रक्रिया अघि बढाउने छन् ।

संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् ।

प्रतिकृया दिनुहोस्