News Portal

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज द्धारा पोखरामा सरसफाइ भिडियो सहीत

साथीन्यूज
१५७३ पटक

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गण्डकी प्रदेशको आयोजनामा चिप्लेढुङ्गा देखि पोखरा रंगशाला सम्म सफाइ अभियान सम्मान भएको छ ।

पोखरा सभागृहचोक, न्युरोड, महेन्द्रपुल, चिप्लेढुङ्गा, नयाँबजार, पृथ्वीचोक, बसपार्क पोखरा रंगशाला लगायतका ठाउँमा सफाइ गरिएको हो ।

सफाइ अभियानलाई सम्बोधन गर्दा गण्डकी प्रदेश सरकार प्रदेश सभा सदस्य प्रकाश बरालले धर्मले कसैलाई अपमान नगर्ने । तर समाज अहिले द्वन्द्वमा रहेको छ । भौतिक सफाइ संगै अन्तर मनलाई पनि सफाइ गर्नुपर्ने छ ।

पश्चिमाञ्चल खेलकुद बिकास समिति लेखा प्रमुख डिबी नेपाली रंगशालामा सफाइ अभियान चलाएकोमा धन्यवाद व्यक्त गरे । मण्डली प्रमुख मैमान गुरुङले मण्डली समाज प्रति उत्तरदायित्व हुँदै काम गर्ने बताए ।

सरसफाइ कार्यक्रम संयोजक राजेश लामिछाने राज्यमा अप्ठ्यारो परेको समयमा मण्डली सहयोग गर्दै आएको जानकारी दिए । आगामी दिनमा पनि सहयोग गर्ने धारण राखे ।

पत्रकार सुष्मा पौडेलले मानविय धर्ममा लाग्नु आवस्यक रहेको बताईन् । समाजमा सेवा गर्न लाग्नु भएकोमा धन्यवाद दिईन् ।

प्रगती आमा समूहको अध्यक्ष कुलमाया क्षेत्री पौडेल सामाजिक कार्यमा अघि बढ्न शुभकामना दिईन् । सफाइ अभियानमा करिब ६ सय जना सहभागी थिए ।

मण्डलीको ७ हजार ५ सय २१ औ अभियान अन्तरगत सफाइ गरिएको हो । मण्डलीले यश अघि भुकम्प, बाढी पहिलो लगायतका प्रकृतिक प्रकोप, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको छ । सुख प्रसाद राइ (खुसी)ले कार्यक्रम चलाएका थिए ।भिडियो सहीत

प्रतिकृया दिनुहोस्