News Portal

२४ ताेला सुनसहित पृथ्वीचाेकबाट एक महिला पक्राउ

साथीन्यूज
१८२ पटक

सुन जस्तो देखिने पहेलो धातुसहित बिहीबार बिहान पोखरा पृथ्वीचाेकबाट एक जना महिला पक्राउ परेकी छन् । काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बस चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय वैदामले कल्पना गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङको साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले जानकारी दिए ।

काठमाडौं बस्दै आएकी झापा बिर्तामोडकी गुरुङलाई कार्यालयमा लगि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्