आँखा पाक्ने रोगको संक्रमणबाट जाेगिन पोखरा महागरपालिका भित्रका विद्यालय तीन दिन बन्द गरिने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाका अनुसार बुधबार देखि शक्रबारसम्म विद्यालय बन्द गरिने भएको होे ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेकाे शिक्षक अभिभावक संघ, शिक्षक, लगायत सरोकारवालापक्षबीचको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।
पोखरा महानगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय भएको हो । विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय बन्द गर्ने निर्णय भएको हाे । आँखा पाक्ने रोगको संक्रमण बढेपछि केही विद्यालय यस अघि नै बन्द भएको महाशाखाको भनाइ छ ।
शनिबार सहित ४ दिन बिदा हुन्छ र यसपछि पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको महाशाखाले जनाएकाे छ । अहिले दिइएको ३ दिन अन्य बिदामा कटाउने गरी सहमति बनेकाे हाे ।