News Portal

एकता स्वयमसेवक नेपालले सञ्जयको लागि सडकबाट उठायो ३ लाख हेर्नुहोस भिडियोमा

साथीन्यूज
२०९ पटक

पोखरा । माछापुच्छ्रे गाउँपालिका ४ का लाहाचोक सञ्जय बिक अहिले १६ वर्षमा हिड्दै छन् । हेर्दा राम्रो ज्यान देखिने विक गएको वर्षमा एसइइ दिनुपर्ने हो दिन पाएनन् । त्यो नभइ विक लाहाचोक देखी हेम्जा सम्म लाहुरे हुनको लागि कसरत गर्दै डुल्थे । १ वर्ष अघि देखी न त उनी पढ्न पाएका छन् नत उनी कसरत नै गर्न पाएका छन् ।
गत वर्ष दशै देखी उनी ब्लड क्यानसरको उपचार गर्दे आएका छन् । भरतपुर क्यानसर अस्पतालमा उनी महिनौ बसेर केही दिनको लागि मात्र घरमा आएका छन् ।

केही दिनमा ज्वरो आएमा फेरी भरतपुरमा नै लैजानुपर्छ अनि कम्तीमा पनि १ लाख रुपैयाँ सकिन्छ सन्जयका बुवा प्रेम बहादुर बिक सुनाउछन् । ‘घर खर्च मैले ट्याक्सी चलाएर चल्ने थियो,‘उनले भने,‘छोराको उपचारको लागी म हिड्न परेपछी आम्दानी ठप्प भएको छ खर्च बढेको छ ।’

विभिन्न समाज, टोल विकास संस्था आफन्त गुहार्दे अहिले प्रेम बहदुर छोराको उपचार खर्च जुटाउदै छन् । उनलाइ कलिलो उमेरमा नै ठुलो रोग लाग्ला जस्तो नलागेको अहिले समस्याले उपचार अभाव हुने अवस्था आएको उनले सुनाए ।

३ वर्ष उपचा गरेपछी मात्र रोग निको हुने डाक्टरले सुनाएका छन् । तिन वर्ष सम्म उपचार गर्ने पैसाको अभावले परिवारको विचल्ली हुने हो कि भन्दै सुनाउछन् प्रेम बहादुर ।
करिब एक महिना अघि एकता स्वयम सेवक नेपालका अध्यक्ष बुद्धीमान कार्की संग उक्त परिवारको भेट भयो । एकता स्वयकसेव नेपालले विभिन्न शहरको सडकबाट उठाएको पैसा अहिले उक्त परिवारलाई हस्तान्त्रण गरेको छ ।

२५ दिन लगाएर उठाएको ३ लाख २ हजार ५ सय ५ रुपैयाँ अहिले प्रेमको परिवालाई हस्तान्त्रण गरेको छ । सबैले स सानो सहयोग गरेमा मात्र यस्ता बिरामीको उपचारको खर्च जुटाउन सकिने कार्की बताउछन् ।

अहिलेसम्म एकता स्वयम सेवक नेपालले दजनौं व्यक्तिको उपचारको लाखौ रकम संकलन गरेर दिएको सुनाए । २०७७ सालमा दर्ता भएको उक्त संस्थामा ३१ जना स्वयम सेवक रहेका छन् । वर्षमा कम्तीमा पनि ३ जनाको उपचार खर्च जुटाउदै आएको छ स्वयम सेवक नेपाल ।

माछापुच्छ्रे गाउँपालिका ४ का वडाध्यक्ष मधुसूदन अधिकारीले एकता स्वयम सेवक नेपाललाइ धन्यवाद दिए । राज्यको तर्फबाट सक्ने सहयोगको लागि आफुले पहल गरेको जानकारी दिए । सबैले सक्ने आफ्नो तर्फबाट पहल गरिदिएमा सन्जय नयाँ जिवन पाउने सुनाए । हेर्नुहोस भिडियोमा

प्रतिकृया दिनुहोस्