News Portal

पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकमा पार्किङ निषेध

साथीन्यूज
१५५ पटक

पोखराको पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ पार्किङ निषेध हुने भएको छ । सडकको दायाँबायाँ सवारी साधान पार्किङ रोक्ने निर्णय जिल्ला सुरक्षा समिति कास्कीले गरेको हो । यो निर्णय आजआइतबारदेखि लागू भएको छ भने पोखरा महानगरपालिकाले पार्किङ निषेधको व्यवस्थापन गर्नेछ । महानगरले नगर प्रहरी र ट्राफीक प्रहरीको समनयनमा आज बाट लागु गरेको हो ।

आइतबारदेखि बसपार्कमै सवारी पार्किङ गरेर यात्रु ओराल्ने र चढाउने गर्नुपर्ने पोखरा महानरपालिका यातायात व्यवस्थापन समिति सहसंयोजक अमृत तिम्लिसनाले बताएका छन । सडकबाट छुट्ने सवारीलाई बसपार्कबाटै छुटाउने उद्देश्य रहेको उनले जानकारी दिए ।

पोखराबाट देशभर छुट्ने सवारीले सडकबाटै यात्रु चढाउने र ओरल्ने गर्दा पृथ्वीचोक अस्तव्यस्त छ । पृथ्वीचोकमा रहेको बसपार्क पनि उस्तै अस्तव्यस्त छ । २०३२ सालदेखि बसपार्कको सपना देखाइएपनि अहिलेसम्म काम हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्