तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरीस्थित पानीको ट्याङ्कीमा महिलाको शव फेला परेको छ ।
एक सय ३८ घरधुरीले प्रयोग गर्दै आएको पानी ट्याङ्कीको पानी खाँदा दुर्गन्ध आएपछि स्थानीयले च्याम्बर खोलेर हेरेका थिए । पानीमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।
उक्त शव पोखरा ३३ की शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार शव हत्या गरिएको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीय ऋषिनारायण कायस्थले ट्यांकी खोलेर हेर्दा शव भेटिएको बताए ।
‘पानीमा गन्ध आयो । मुसा मरेको जस्तो गन्ध आएको थियो । घरको जडान पाइपमा नै गन्ध आएको थियो । त्यसपछि के भएको रहेछ भनेर ट्याङ्की खोलेर हेर्दा कपडा जस्तो देखियो सुरुमा पछि पाइपले नियालेर हेर्दा खुट्टा देखियो त्यसपछि मान्छे रहेछ भनेर फोन गरियो ।’ उनका अनुसार ढकनी एक जनाले मात्रै नसक्ने दुई तिन जना चाहिने बताए । पाइन्ट र जुत्ता लगाएको अवस्थामा देखिएको उनले बताए । कस्ले गर्यो यस्तो हेर्नुहोस स्थानिय के भन्छन स्तलगत रिपोर्ट
पानी ट्याङ्की भित्र महिलाको शव फेला, कस्ले गर्यो यस्तो भिडियो सहीत
सुस्मीता देबकोटा
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो