News Portal

ज्यान मारा सडककै कारण स्कुटर चालकको गयो ज्यान-स्थानिय, भिडियो सहीत

साथीन्यूज
२२९ पटक

पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुल नजिकै पृथ्वीराजमार्गअन्तर्गतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा स्कुटर अनियन्त्रित भइ पल्टेपछि चालक रेजिना आचार्य उछिट्टिएर सडकको बायाँतर्फ पुगेकी थिइन् ।

‘दुर्घटनास्थल हेर्दा सडक नै मुख्य कारण देखिएको छ । सवारी चालक (स्कुटर) अनब्यालेन्स हुँदा पल्टिएको देखिन्छ । स्कुटर र चालक फरक दिशामा पल्टिएको छ । त्यही बेला पछाडीबाट आएको बसले उनलाई कुल्चेको देखिन्छ, प्रत्यक्षदर्शीले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले पनि सडकको स्थिति ठीक नभएको स्वीकारे । सडकको स्थिति ठीक नभएकाले सवारी चालक स्वयं सचेत हुनुपर्ने उनको भनाइ छ ।
दुर्घटनास्थलको सडकमध्ये बीच भागमा ढलान र छेउको भागमा पिच रहेको उनले सुनाए । उनका अनुसार उक्त सडकको बीच र छेउको भाग एकैनास अर्थात् बराबरीको छैन् । छेउको भागहरु बीचको भन्दा डेढ इन्च जति तल रहेको छ ।

लेखनाथ बुढीबजारकी रेजिना गाडीको ट्रायल दिन पोखरा आएकी थिइन् । बिहान आएकी उनी घर तर्फ नै फर्किने क्रममा दुर्घटना भएको हो । उद्धार गरी अस्पताल लगेका विष्णु गुरुङले सडककै कारण दुर्घटना भएको बताए । सामान्य तरिकाले त यो बाटोको कारण कति पल्टिन्छ पल्टिन्छ,’ आजको ९बिहीबार० घटनामा त बसको पछाडीको पांग्रो भित्र टाउको थियो । रक्ताम्य अवस्थामा सबैले फोटो र भिडियो बनाएर बसे कसैले लगेनन् अनि मैले र दाइ (निरज नेपाली)ले ट्याक्सीमा हालेर लगेको हो ।

दुर्घटनास्थलबाट करिब पाँच सात पसल माथि अस्पताल रहेपनि घाइतेलाई लैजान १० मिनेटभन्दा बढी समय लागेको उनले सुनाए । ‘हिँडाएरै लगेको भए बरु एक मिनेटमै लगिन्थ्यो ट्याक्सीमा हालेको १० मिनेट जति लाग्यो ।’ उनले भने । उनका अनुसार दुर्घटना भएको पनि करिब १० मिनेटपछि मात्रै रेजिनाको उद्धार भएको थियो । निरज नेपालीले पनि अगतिलो बाटोकै कारण दुर्घटना भएको बताए । उनले दुर्घटनामा बस र स्कुटरको नभइ सडक निमार्ण गर्ने निकायको लापरवाही भएको जिकिर गरे । ‘यसमा बस र स्कुटरको गल्ती नै छैन । गल्ती त यो सडक बनाउनेहरुको हो ।

प्रतिकृया दिनुहोस्