News Portal

सर्वोच्चको फैसलालाई स्वागत गर्छु, म अनागरिक भए : रवि लामिछाने

साथीन्यूज
२३९ पटक

काठमाडौं, १३ माघ । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् ।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उनलाई पत्रकारहरुले प्रश्न गर्दा आफू कुनै पदमा नभएको मान्छलाई के आधारमा प्रश्न सोध्नुहुन्छ भन्ने जवाफ दिएका छन् ।

उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

प्रतिकृया दिनुहोस्