News Portal

पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

साथीन्यूज
१४३ पटक

पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानिय टोल विकास समितिका केहि व्यक्तिले समाजका अन्य मानिसहरुलाई उक्साएर उहाँ माथि दुर्व्यवहार गरेका हुन् ।

पत्रकार घिमिरेले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार घिमिरेले बताए । स्थानिय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष सिता थापाको अगाडी गाउँलेहरुले पत्रकार घिमिरेलाई दुव्र्यवहार भएपछि गइदिन अनुरोध गरेका छन्। गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतले रोक्दा रोक्दै पनि हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन भन्दै उनिहरुले हमलाको प्रयास गरेको घिमिरेले बताए ।

घटना लगत्तै घिमिरेले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानिय अगुवाहरुको बारेमा चौकी प्रमूख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गरेका छन् । साथै उनले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीमा जानकारी गराएका थिए ।

घिमिरेले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताए ।

प्रतिकृया दिनुहोस्