नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्रीतथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको सहभागिता बिनै अघि बढेको छ । आइतबार पार्टी पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्रीओली सहभागी नभएका हुन् । उनले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका छन् भने सचिवालय बैठकमार्फत नै समस्याको हल खोजिनु पर्नेमा जोड दिँदै आएका छन् ।
शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएकाथिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदन माथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवादगर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए।
आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए ।
बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए
ओली बिनै अघि बढ्यो नेकपाः स्थायी समितिमा प्रचण्डको ब्रिफिङ
साथीन्यूज संवाददाता
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु