News Portal

पवन प्रजापती टिमको विकल्प नरहेको व्यवसायीको धारणा

साथीन्यूज
१४४ पटक

 

पोखरा उद्योग वाणिज्य संघको चुनानी सरगर्मी वढेसँगै पवन प्रजापतीको समुहले आज अम्मरसिंह चोक, राम वजार, वुद्धचोक आसपासका स्थानमा घरदैलो गरेका छन् । घर दैलो अभियानमा सहभागि स्थानिय व्यवसायीहरुले अवको संघको नेतृत्वमा पवन प्रजापतीको विकल्प नभएको धारणा राखे । उनिहरुले पवन प्रजापतीको टिम समावेसी, अनुभवी र समझदार टिम भएकाले यसपालि संघको खस्कदो अवस्थालाई उकास्ने टिम भएको भन्दै अग्रिम शुभकामना समेत दिए ।

घरदैलो अभियानमा अध्यक्षका प्रत्यासी पवन कुमार प्रजापतीले सवै महिला व्यवसायी सवै महिला उद्यमी भन्दै घर घरमा तीजको शुभकामना सँगै भोट अभियान संचालन गरेको धारणा राख्नुभयो । उहाले संघमा महिला सदस्यको संख्या वृद्धि र उद्यमशिलतालाई केन्द्रमा राख्ने पनि घरदैलो अभियानमा प्रतिवद्धता जनाउनुभयो ।

घरदैलो अभियानमा रहेकी उपमहासचिवकी प्रत्यासी सोभा गौतमले महिलाहरुको महान चाड तीजले छोपेपनि आफुलाइ भने उद्योगी व्यवसायीको समस्या र त्यसको समाधानका लागि लाग्ने वेला भएको धारणा राख्नुभयो । उहाले भन्नुभयो–“ महिला भएका नाताले मलाई पनि तीज आएको छ तर म घरदैलोमा प्रत्येक घरमा तीज मनाउँदै शुभकामना र आर्शिवाद लिदै हिडेकी छु यो नै मेरालाई तीज भन्दा महत्वपूर्ण छ ।”

प्रजापती समुहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग हिरामणी पण्डित वाणिज्यमा उत्तममान वुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्ष दिनेश चन्द्र वाँस्तोला, उपमहासचिव शोभा गौतम, र सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन्

प्रतिकृया दिनुहोस्