News Portal

युवराज खतिवडा धादिङका जनताको सुख दुख बुझेको युवा हुन्:जमरकट्टेल

साथीन्यूज
२७० पटक

नेकपा माओवादी केन्द्रका नेता , बागमति प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले एक सामान्य किसानको छोरो युवराज खतिवडा आज सफल ब्यवसायि भएको बताएका छन् ।

गएको शनिवार धादिङ पोखरा जनसम्पर्क मञ्चको आयोजनामा भएको तीज बिशेष कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले भने “सामान्य परिवारको किसानको छोरो जो पोखरा आउदा सायद यति ठुलो सपना नदेखेको भए पनि आज मेहेनेत गरेर दुख गरेर नै अहिले (पोखरा १८ सेदिमा) ११ औं बजारको रुपमा सुरुवात गरेको वाई.यु.के सुपरमार्केटमा आईपुगेकोमा खुसि ब्यक्त गरेका छन् ।

खतिवडा जस्ता सफल युवा व्यवसायी अब व्यवसायमा मात्र हैन राजनितिमा पनि आवश्यक भएको समेत उनले उल्लेख गरेका छन् । सघं र प्रदेशको चुनाव नजिकै आइरहेको खण्डमा अब पार्टिले पनि यस्ता समाजसेवीलाई टिकट दिनु पर्ने धराण उनको रहेको थियो । खतिवडाको प्रगति प्रति आफु निकै खुसि ब्यक्त गर्दै उनले हरेक जनताको सुख दुख बुझेको जनताको सेवा गर्न सक्ने ब्यक्ति खतिवडा भएको जनाएका छन् ।

धादिङ् जिल्लामा जन्मथलो भएपनि पोखरालाई कर्मथलो बनाएर बिभिन्न दुखी पिडितको घाउमा मालामपट्टि लगाउदै आएका खतिवडाले कोरोना महामारीको समयमा पनि धेरै जना पिडितको उद्दार गरेका थिए । आफुले कमाएको चार भागको तिन भाग आफुले धादिङका जनताको सेवामा खर्च गर्दै आएको बताउने खतिवडाले अहिले सयौको संख्यामा धादिङका जनतालाई रोजगारी पनि दिदै आएका छन् ।

 

प्रतिकृया दिनुहोस्