News Portal

रामचन्द्र पौडेललाई पराजित गरेका किसान श्रेष्ठ तनहुँ १ बाटै चुनाव लड्ने

साथीन्यूज
१३५ पटक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान तनहुँ क्षेत्र नं. १ बाटै चुनाव लड्ने भएका छन् ।

सत्ता गठबन्धन सिट बाँडफाँटका क्रममा कांग्रेस नेता पौडेललाई तनहुँ १ छाड्ने भन्ने हल्लाको पछि नलाग्न भन्दै नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले तनहुँ १ बाट नै चुनाव लड्ने बताएका छन् ।

‘जहाँबाट चुनाव हारेको हुँ, त्यहीँ चुनाव जितेर मर्ने चाहना छ’ भन्दै पौडेलले तनहुँ १ मा उम्मेदवारी घोषणा गरेपछि नेता श्रेष्ठको व्यवस्थापन कहाँ गर्ने भन्ने गठबन्धन दलहरुबीचमा बहसको विषय बनेको छ ।

२०७४ को निर्वाचनमा पौडेललाई पराजित गरेका श्रेष्ठलाई नेताहरुले तनहुँ १ छाड्न दवाव दिएका छन् । तर, श्रेष्ठले भने आफ्नो जन्मथलो तनहुँ १ बाट नै चुनाव लड्ने बताएका छन् ।

‘मैले नेताहरुलाई पनि भनिसकसको छु, म तनहुँ १ बाट चुनाव लड्छु’ श्रेष्ठले भने, ‘पौडेलजी त जहाँ गएर चुनाव उठ्दा नि हुन्छ, उहाँ केन्द्रीय शीर्ष नेता हो नि, मलाई तनहुँ १ मेरा लागि उहाँले पनि छाडन् हुन्छ ।’

किसान श्रेष्ठ तनहुँ १ नपाएको स्थितिमा बाराको क्षेत्र नं. ४ बाट चुनाव उठ्ने चर्चा पनि व्यापक छ । बारामा राम्रो व्यावसायिक छवि बनाएका श्रेष्ठलाई पनि बारामा चुनाव लड्न दवाव पनि छ । तर, श्रेष्ठले भने तनहुँ १ बाट नै चुनाव जित्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्