News Portal

पोखरामा सार्वजनिक सवारी चालक तथा सहचालकको स्वास्थ्य चेकजाँच कार्यक्रम सम्पन्न भिडियो सहीत।

एक महीनामा सवारी दुर्घटनामा मात्रै २२ जनाको ज्यान गएपछि

साथीन्यूज
२०६ पटक

जिल्ला ट्राफीक प्रहरी कार्यलय कास्कीले पोखरामा को अम्मर सिंहचोकमा निसुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको छ ।
चालक तथा सहचालकको स्वास्थ्य समस्याले निम्ताउने सडक दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले हिमालयन आखाँ अस्पताल घारिपाटन र चरक मेमोरियल अस्पताल नागढुंगा कास्कीको समन्वय र सहयोगमा पोखरा महानगर पालीका वडा न १० अमर सिंह चोकमा कार्यक्रम भएको थियो । उक्त स्वास्थ्य सिवीरमा २०० भन्दा बढी चालकको स्वास्थ्य परीक्षण गरीएको जिल्ला ट्राफीक कार्यलय कास्कीका प्रमुख प्रकास साहले जानकारी दीनुभयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीका कार्यालयल प्रमुख  उपरिक्षक गोबिन्द अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा स्वास्थ्य सिवीर सुरु भएको थियो । गण्डकी प्रदेशमा मात्रै महीनामा २२ जना भन्दा बढीको ज्यान गहीरहेको कारण यस्तो कार्यक्रम ल्याएको प्रदेश ट्राफीक प्रहरी कार्यलयका प्रमुख अधिकारी ले बताउनु भएको छ |

चालक तथा सहचालकलाई निशुल्क चालक परिचालकहरुको आखाँ, ब्ल‍ड, प्रेसर र सुगर जस्ता रोगहरुको चेकजाँच एवं परिक्षण गर्दा प्रेसर हाई भएका २२ जना, सुगर भएका २६ जना, नजिकको नदेख्ने १५ जना, टाढाको नदेख्ने १२ जना र आखाँमा मासु पलाएको ६३ जना चालक तथा परिचालकहरुलाई स्वास्थ्य लगायत सवारी साधन संचालन सम्बन्धमा परामर्श समेत प्रदान गरिएको थियो।

यस्तो कार्यक्रमले सवारी दुर्घटना न्युनिकरण गर्ने र समय समयमा गरीरहे राम्रो हुने स्वास्थ परीक्षणमा भाग लिएका चालक रमेस तामाङले बताए कसरी भएको थियो कार्यक्रम के भन्छन चालकहरु आजको कार्यक्रममा हेर्नुहोस भिडियो सहीत

प्रतिकृया दिनुहोस्