News Portal

पोखरामा प्रहरीको कडा चेकीङ ! सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

साथीन्यूज
३०७ पटक

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी साधनमा लेखिएका कविता गजल तथा सायरी लगायतका सामाग्रीहरू हटाउन थालेको छ।
शुक्रवार अमरसिंह चोक सडक खण्डमा गुडेका निजी तथा सार्वजनिक सवारीमा कानुन विपरीत लेखिएका सायरी तथा द्वि अर्थी लाग्ने भनाई, प्रचार प्रसार सामग्री लगायत सजावटका लागि क्याबिनमा राखिएका झल्लर र सिसामा टाँसिएका कालो स्टिकर ट्राफिक प्रहरीले हटाएको हो।

कार्यालयले सवारी साधनहरूमा कानुन विपरीत राखिने यस्ता सामग्रीले समाजमा विकृति ल्याउने, मानसिक खलल पुर्‍याउनुका साथै सवारी चालकहरूको ध्यान केन्द्रित भई सवारी दुर्घटना हुने गरेको जनाएको छ।
यसबाहेक कतिपय सवारी चालकले क्याबिन सजावटको लागि राखेका सामाग्रीका कारण स्पष्ट बाटो देख्न कठिनाईका कारण सवारी दुर्घटना हुने हुँदा सवारी साधनहरूमा कानुन विपरीत यस्ता सामग्रीहरु नराख्न सम्पूर्ण चालक तथा सवारी धनिहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । भिडियो सहीत

प्रतिकृया दिनुहोस्