साथीन्यूज
पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसीले पर्यटन बसपार्क र गल्फकोर्सको सहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएका छन् ।
मेयरबाट बिदाइ हुनु केहि घण्टा अगाडि जिसीले पर्यटन बसपार्क र गल्फकोर्सको सहित ३ ठाउँको जमिन निजी क्षेत्रलाई भाडामा दिएका हुन् ।
उक्त विषयलाई लिएर नेकपा माओवादी केन्द्र पोखराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष हरिनारायण गिरी (विज्ञान) द्वारा हस्ताक्षरित विज्ञप्तिमा व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको गरेको कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न नसकिने भन्दै निश्पक्ष छानविनको माग गरेको छ । साथै गैर कानुनी सम्झौता रद्द गरी गम्भिर अपराधमा संलग्नलाई कारवाही अगाडि बढाउन समेत माग गरेको छ ।