News Portal

पोखरामा आचार्य थापाभन्दा १२६ मतले अगाडी (कुन वडामा कति मतसहित)

साथीन्यूज
३७६ पटक

पोखरा महानगरपालिकाको मेयर पदमा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेद्वार धनराज आचार्यले नेकपा एमालेका प्रत्यासी कृष्णबहादुर थापालाई १२६ मतले लिड गरेका छन् ।

४ हजार ६५० मतगणना हुँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रत्यासी आचार्यले २०६३ मत प्राप्त गर्दा एमालेका थापाले १ हजार ९३७ मत ल्याएका छन् ।

जारी मतगणनामा आचार्यले पोखराको वडा नम्वर १ बाट ६९७, २ बाट २८८, १२ बाट ४८३, २३ बाट ३८०, २४ बाट १५५ र २५ बाट ६० मत प्राप्त गरेका छन् ।

यस्तै थापाले १ बाट ६७३, २ बाट २२९, १२ बाट ५३२, २३ बाट ३१३ र २४ बाट १२३ मत प्राप्त गरेका छन् । यी सबै वडाको मतगणना जारी रहेको छ ।

यस्तै मेयर पदकै प्रत्यासी राप्रपाका शंकर खरेलले २२३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्