News Portal

पोखरा महानगरपालिकाको मेयरको आकांक्षीमा श्रीनाथ बराल

साथीन्यूज संवाददाता
१९९ पटक

विगतकरिब ४० बर्ष देखि लोकतन्त्र, समाजबादको निम्ति राजनीति र समाज सेवामा समर्पित व्यत्तित्व श्रीनाथ बराल पोखरा महानगरपालिकाको मेयरको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन् । पोखरा १३, (आर्वा) का बाबु स्व.प्रेम नारायण बराल, आमा स्व.गौरी बरालका कान्छो छोराको रुपमा रहेका ५५ बर्षीय बराल पोखराको समग्र विकास र समृद्धिसंगै यहाँका जनताको जनजिवीकामा समेत परिवर्तन ल्याउन पर्छ भन्ने हुटहुटिले मेयरको रुपमा आफु आउन खोजेको बताए ।

नेकपा (एकिकृत साजबादी) को पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेश कमिटिको उपाध्यक्ष रहेका बरालले पोखराको शिक्षा, स्वस्थ्य, रोजगार, प्रविधि, संस्कृति र पर्यावरणको क्षेत्रमा समाजवादी मोडलको आधुनिक शहरको रुपमा विकास गराउने लक्ष्य राखेका छन् ।

स्पष्ट वक्ता तथा सरल स्वभावका बरालले शहरीया भूमिहिन सुकुम्बासी र शहरीया गरिबहरुलाई समुचित ढंगबाट व्यबस्थापन गरी भूमिआवास र रोजगारको प्रबन्ध गर्ने रणनिती योजना ल्याउने बताए । पोखराको सडक संजाल तथा पार्किङ क्षेत्रको दिर्घकालिन गुरुयोजना तयार पारी पछिको कम्तिमा ५० बर्ष सम्मको लागि गुरुयोजना अनुरुपकाम गर्ने लक्ष्य भएको उनको भनाई छ । गण्डकी प्रदेशको राजधानि पोखरालाई साच्चै विश्वकै लोभलाग्दो पर्यटकीय शहरको रुपमा विकास गर्ने र शिक्षा, स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्ने अभियानमा आफुले नेतृत्व गर्न चाहेको बरालले जनाए । पोखरामा निर्माण भएको पोखरा क्षेत्रिय अन्तराष्ट्यि विमानस्थललाई अन्तराष्ट्यि उडान गाउन संघिय सरकार समक्ष पहलकदमी लिने तथा पोखराको पृथ्बीचोकमा पुरानो बस पार्कलाई व्यवस्थित गरी लामेआहालमा क्षेत्रिय स्तरको बस पार्क निर्माण गर्ने बरालको लक्ष्य रहेको छ । संघिय मोडल अनुरुप पहिलो कार्यकालमा रहेका पोखराको विकासमा आवश्यक पर्ने पूर्वाधार विकासलाई निरन्तरता दिने आफुनो योजना रहेको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्