News Portal

पोखरा महानगर अगाडी मूल सडकमा भ्वाङ पर्यो,यस्तो छ अबस्था (भिडियो सहीत)

साथीन्यूज
५४३ पटक

न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालय अगाडी मूल सडकमा आज दिउसो भ्वाङ पर्दा केही बेर सवारी साधन अस्तव्यस्त बन्यो।

महानगरपालिका कार्यालय अगाडी परेको भ्वाङ हेर्न जम्मा भएका स्थानीय बासिन्दाको भीडककाकारण केही बेर सवारी साधन अस्तव्यस्त बनेको थियो।
दिउसो चर्को घाम लागेका बेला अचानक पोखराको न्युरोडस्थति मूल सडकमा झन्डै एकमिटर गोलाई क्षेत्रमा परेको भ्वाङ परेको देखेर पोखराका पत्रकार कमल पौडेल अथक अचम्मित बने। हरेक वर्ष जस्तो न्युरोड क्षेत्रमा पर्ने भ्वाङको कारण बारे खोजीनिती गरिनुपर्ने उनले बताए।

भ्वाङ परेको स्थानमा पुगेका पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्यले न्युरोड क्षेत्रमा हरेक वर्ष जस्तो पर्ने भ्वाङको कारण पत्ता लगाइनुपर्ने कुरामा जोड दिदै पटक पटक माटोले पुर्ने कार्यले दिगो समाधान नदिने बताए।

वडाध्यक्ष आचार्यले दिगो समाधानको उपाय खोजिनु पर्नेमा जोड दिएकै अवस्थामा पोखरा महानगरपालिकाले दिजर लगाएर माटो हालेर भ्वाङ पुर्ने काम गरेको छ। भ्वाङ पुर्ने क्रममा डोजरले लागेर नेपाल टेलिकमको अप्टिकल फाइबर तारमा क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस्