पोखरा
पोखराकी सृष्टी आचार्यले “मिस युनिभर्स नेपाल २०२०” मा सहभागिता जनाएकी छिन् । “मिस दिवा पोखरा २०१५” विजेता आचार्य यतिबेला उत्कृष्ट १४ का लागि प्रतिस्पर्धामा छिन् ।
नेपालका १५ सुन्दरीहरुको भीडमा आचार्य ७ औं नम्बरमा छिन् । उनलाई उत्कृष्ट १४ मा पुर्याउन नेपाल सँगै विदेशबाट भोट गर्न सकिनेछ । त्यसका लागि “मिस युनिभर्स नेपाल” अनुप्रयोग(App) र “खल्ती” अनुप्रयोग(App) मार्फत भोट गर्न सकिनेछ । २६ नोवेम्बर २०२० (मंसिर ११ गते २०७७ ) राति १० बजेसम्म भोट गर्न सकिनेछ ।
“मिस युनिभर्स नेपाल” App को प्रयोग गरी सृष्टीलाई भोट गर्न निम्नानुसारको प्रक्रिया अप्नाउनुपर्ने हुन्छ :
१) अनुप्रयोग (App) मा लगईन (Login) गर्नुहोस्
२) तपाईंको प्रोफाइल जाँच (check) गर्नुहोस्
३) क्रेडिट किन्नुहोस् (Buy credit)
४) एक क्रेडिट विकल्प छनौट गर्नुहोस्
५) तपाईंको भुक्तानी विधि छनौट गर्नुहोस्: खल्ती (Khalti), एप्पल भुक्तान (Apple pay) वा गुगल भुक्तान (Google pay)
६) प्रतियोगी प्रोफाइलमा जानुहोस्
७) भोट (Vote) बटनमा क्लिक गर्नुहोस्
८) विकल्प छनौट गर्नुहोस् र उनको “नाम – Srishti Acharya” सर्च search गरेर भोट गर्नुहोस्।
“प्रतियोगी संख्या – १००७” (Contestant number – 1007)
यस्तै “खल्ती” App मार्फत भोट गर्न निम्नानुसारको प्रक्रिया अप्नाउनु पर्ने हुन्छ :
१) “Khalti” अनुप्रयोग (App) मा दर्ता गर्नुहोस्
२) ‘Booking’ सेक्सनमा तल स्क्रोल गर्नुहोस्
३) ‘Voting’ मा क्लिक गर्नुहोस्
४) ‘मिस युनिभर्स नेपाल २०२०’ ‘Miss Universe Nepal 2020’ छनौट गर्नुहोस्
Parichay
५) स्क्रोल (Scroll) गर्नुहोस् जबसम्म तपाईं “Srishti Acharya” फेला पार्नुहुन्न वा उनको प्रतियोगी संख्या (Contestant Number “1007” को search button मा गएर खोजी गर्न सक्नुहुन्छ।
६) त्यसपछि आफूले जति सक्नुहुन्छ त्यति भोट (Vote) गर्न सक्नुहुन्छ।
विदेशमा भएकाहरुले Google pay र Apple pay बाट भोट गर्न सक्ने व्यवस्था रहेको छ । उक्त प्रक्रिया यस्तो छ :
१) ‘Miss Universe Nepal’ App डाउनलोड गर्नुहोस्
२) Login गर्नुहोस्
३) क्रेडिट किन्नुहोस् (Buy Credit)
४) एक क्रेडिट विकल्प छनौट गर्नुहोस्
५) तपाईंको भुक्तानी method छनौट गर्नुहोस्: “गुगल भुक्तानी” (Google pay) वा “एप्पल भुक्तानी” (Apple pay)
६) प्रतियोगी प्रोफाइल “नाम- Srishti Acharya” मा जानुहोस् “Contestant number – 1007
७) “Vote” बटनमा क्लिक (click) गर्नुहोस् र उसलाई भोट गर्नुहोस् ।
सृष्टीलाई उत्कृष्ट १४ मा छनोट हुनका लागि ५० प्रतिशत निर्णायकको अंक र ५० प्रतिशत भोटको आवश्यकता छ । भोट गरी सहयोग गर्न सम्पूर्णलाई सृष्टीको आग्रह छ ।
को हुन् सृष्टी ?
सृष्टी बीबीए सकेर बसेकी एक विद्यार्थी हुन् । माछापुच्छे« गाउँपालिका २ सार्दीखोलामा जन्मेकी सृष्टी हाल पोखरा २ अर्चलबोटमा बस्दै आएकी छिन् । मोडलिङमा उनको सानै देखिको रुची हो । मिस नेपाल भन्नेबित्तिकै उनी सानैबाट हुर्कुक्कै हुन्थिन् । “मिस दिवा पोखरा २०१५” मा उत्कृष्ट ५ मा पर्न सफल भई “बेस्ट पर्फमर”, “बेस्ट फेसन आइकन” र “बेस्ट स्किन” अवार्ड हात पारेकी सृष्टीले पोखराकै गण्डकी टेलिभिजनमा समेत भिजेको रुपमा काम गरिसकेकी छिन् ।
सृष्टीले सन् २०१६ मा पोखरामा आयोजना भएको सौन्दर्य प्रतियोगिता “मिस गण्डकी” मा सकेण्ड रनरअपको उपाधि जितेकी थिइन् । केही टीवीसीमा समेत अभिनय गरेकी सृष्टी पढाईसँगै फ्यासनलाई समेत अगाडि बढाउन चाहन्छिन् । मिस नेपालको उपाधि चुम्न उनको सपना छ ।
उसो त सृष्टीलाई अभिनयमा समेत रुची नभएको होइन । भन्छिन्, “राम्रो चलचित्रमा अफर आए अवश्य अभिनय गर्छु ।”
उनी सबै मिस नेपाल जितेकाहरु आफ्नो प्रेरणाको स्रोत भएको बताउँछिन् । भारतमा भने ऐश्वर्य राय, प्रियंका चोपडा लगायतका अभिनेत्रीहरुलाई उनी फलो गर्छिन् ।
शुरुवातमा परिवारको सहयोग त्यति नभए पनि पछिल्लो समयमा सो क्षेत्रलाई परिवारले बुझ्दै गएको सृष्टी बताउँछिन् । भन्छिन्,“अहिले त मेरो परिवारले पनि मलाई साथ दिनुभएको छ । पहिले अल्ली बुझाउन गाह्रो पथ्र्यो । अहिले सजिलो भएको छ । उहाँहरुको सहयोग नभएको भए आज म मिस युनिभर्स नेपालमा सहभागिता जनाउन समेत असमर्थ हुन्थे ।”
पोखरामा गरिएका कतिपय सौन्दर्य प्रतियोगिता व्यवसायिक सोचका साथ मात्र आयोजना गरिएको उनी पाउँछिन् । सिमितले मात्र यस क्षेत्रको विकासका लागि सौन्दर्य प्रतियोगिता आयोजना गर्ने गरेको उनको भनाई छ । पोखरामा धेरै सौन्दर्य प्रतियोगिताको आयोजना हुँदा यसको गुणस्तरियता नै घट्दै गएको सृष्टी बताउँछिन् । पोखराको सौन्दर्य प्रतियोगितामा सुधार ल्याउन विश्वसनियता र निरन्तरताको आवश्यकता रहेको उनको तर्क छ ।