News Portal

पोखरा-५ को धारापानी देखि टुटुङ्गा सम्म माइक्रो बस सेवा सुरु ,के भन्छन् जनता ? भिडियोसहित

साथीन्यूज
४४४ पटक

पोखरा महानगरपालिका वडा न ५ पर्स्याङ धारापानीमा आजबाट माइक्रो बस सेवा संचालनमा आएको छ ।

बिगत लामो समयदेखि कृषि क्षेत्रको रुपमा चिनिदै आएको धारापानी क्षेत्रमा यति बेला धेरै घरहरु बनिसकेको छ भने यहाको जनसंख्या पनि बढ्दै गएको छ । समयको माग र जनताको सल्लाह, सुझावलाई मध्य नजर गर्दै आजदेखि फेवा पोखरा यातायात प्राली मार्फत यस स्थानमा माइक्रो बस सेवा संचालन गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न ५ का अध्यक्ष धनबहादुर नेपाली ,वडा सदस्य उज्वल खत्री ,हरिमाया नेपाली ,मन्जु केसी र स्थानीय बासिन्दाको सहभागितामा आज एक कार्यक्रमका बीच माइक्रो बस सेवाको सुरुवात गरिएको हो ।

माइक्रो बस संचालन भएपछी यस स्थानका जनतामा खुशी छाएको छ । कृषकहरुको लागि तरकारी बजारमा पुर्याउन सस्तो भाडा पर्ने र ट्याक्सी नै प्रयोग गर्नु पर्ने बाध्यता हट्ने आशा गरिएको छ । त्यस्तै बिद्यार्थीहरुको लागि पनि समयमा नै बिद्यालय पुग्नको लागि यस माइक्रो बस सेवाले थप मद्दत गर्ने अपेक्षा पनि गरिएको छ ।

आजबाट संचालनमा आएको बसको रुट कहा देखि कहा सम्म छ ? भाडा कति लाग्छ लगाएत बिभिन्न बिषयको थप जानकारीको लागि तलको भिडियो पुरा हेर्नुहोला

प्रतिकृया दिनुहोस्