News Portal

सेदीमा निर्माणाधिन ‘वाईयूके सुपरमार्केट’ मा सटर बुकिङ खुल्ला, वैशाखसम्म भाडा नलाग्ने

के के व्यवसाय गर्न पाइन्छ पुरै जानकारी (भिडियो सहीत )

साथीन्यूज
७४७ पटक

लेकसाइड सेदीमा ठूलो प्रोजेक्टमा अत्याधुनिक व्यावसायिक मल ‘वाईयूके सुपरमार्केट’ को निर्माणकार्य सम्पन्न हुदै छ । १५ करोड लगानीमा त्यस क्षेत्रकै ठूलो सुपरमार्केट सञ्चालन गर्न लागेका पोखराका युवा बेवसायी तथा समाजसेवि युवराज खतिवडा हुन | खतिवडाले आगामी वैशाख १ गतेसम्म भाडा छुट पनि दिइरहेका छन् । अहिले नै केही व्यवसायहरु सञ्चालन भइसकेको भन्दै खतिवडाले उनीहरुले निःशुल्क रुपमा अहिले व्यवसाय सञ्चालन गरिरहेको जनाए । ‘ईच्छुकले सम्पर्क गर्न सक्नुहुनेछ । २०७८ सालभर भाडा लाग्दैन । २०७९ वैशाख १ गतेदेखि भाडा लाग्ने हो । आफूले गर्ने व्यवसाय र उपलब्ध स्थान तयार भएपछि अहिल्यैदेखि व्यवसाय सञ्चालन गर्न सक्नुहुनेछ । भाडा लिने अब वैशाखदेखि मात्रै हो ।’ खतिवडा भन्छन् ।

निम्न र मध्यम स्तरका ग्राहक लक्षित बजारमा सबै स्तरका सेवाग्राही सन्तुष्ट हुने सञ्चालकको विश्वास छ । २०७९ को नयाँबर्षका दिन नै बजार उद्घाटन गर्ने लक्ष्य राखिएको छ । आफै निर्माण व्यवसायी खतिवडा आफ्नै वाई यू के कन्स्ट्रक्सन एण्ड सप्लायर्समार्फत निर्माण कार्यमा खटिइरहेका छन् ।

२० वर्षका लागि करिब १२ रोपनी जग्गा भाडामा लिएर खतिवडाले बजार सञ्चालनमा ल्याउन लागेका हुन् । ४ वटा बिल्डिङको ३ तला रहने भवनमा कूल ४ सय सटर रहने खतिवडाले बताए । ५ दर्जन हाराहारीमा व्यवसायी रहनेछन् । लेकसाइडको सेदी, खपौदी, पामेसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर गेष्ट हाउसदेखिको सबै सामान एकै ठाम पाउने गरी मार्केट सञ्चालनमा ल्याउन लागेको हो । यस बजारको मूख्य विशेषता नै सुलभ र सस्तो मूल्यमा सबै काम एक ठाम भन्ने छ । बजारमा सबै एक एक थरीका पसलहरु रहने उनले बताए । एक जनालाई दिएपछि अर्कोलाई नदिने र जुन प्रयोजनका लागि छुट्याएको सटर हो, त्यही व्यवसाय गर्नुपर्ने अनिवार्यता रहनेछ ।
धादिङ स्थायी ठेगाना भएका खतिवडा पोखरामा मिनि मार्केट सञ्चालकका रुपमा स्थापित युवा व्यवसायी हुन् । पोखरा पृथ्वीचोकको ‘पोखरा सस्तो बजार’, सिद्धार्थ चोकको ‘फेवा एग्रिकल्चर प्रालि’ र पस्र्याङको ‘वाईयूके मिनिमर्केट’ खतिवडाले नै संचालन गरेका हुन् ।

यति बेला सेदीमा निर्माण भै रहेको सुपरमार्केटमा धमाधम सटरहरु बुक भै रहेको छ | खास के के छन त यो सुपर मार्केटको विशेषता आजको यो कार्यक्रममा हेर्नुहोस

प्रतिकृया दिनुहोस्