पोखरा । पोखराको मेयरमा साहित्यकार गनेस पौडेलको उम्मेदवार घोषणा दिने भएका छन्
पौडेलले आउँदो स्थानीय तह निर्वाचनमा मेयरमा उठ्ने घोषणा फेसबुकमार्फत सार्वजनिक गराएका हुन् । पौडेलले फेसबुकमार्फत लेखेका छन् :
‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ । दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ,’ उनले भनेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु,’ उनले लेखेका छन् ‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौँ । अति भो अटेर गरौँ !’
सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसयता देशभरमै उम्मेदवारी सार्वजनिक गर्ने लेखक पौडेलले सम्भवत पहिलो हुन् । पोखरामा त अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन् उनी नै पहिलो भएका छन् ।
पाैडेल नेपाली साहित्य क्षेत्रमा लोकपृय छन् । उनको कृति पैताला धेरै रुचाइएको कृति हो । पछिल्लो पटक उनको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ । पछिल्लो समय उनी नयाँ उपन्यास लेखनपछि सम्पादनमा व्यस्त छन् ।