Skip

News Portal

प्रेस चौतारी गण्डकी अध्यक्षमा पुन: इन्द्र

साथीन्यूज संवाददाता
२६ पटक

पोखरा ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः इन्द्रप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

नवलपुरमा सम्पन्न दोस्रो अधिवेशनबाट पौडेल तीनवर्षे कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा इतराज गुरुङ र रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ, कोषाध्यक्षमा मदन तिमल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक चयन भए ।

यसैगरी सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा.  नरनाथ पाण्डे, हरि सुवेदी ९सुशील०, राम सुनार, अर्जुन गाहा ९सुशान्त०, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, नीरज थकाली रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्