Skip

News Portal

नसर्ने रोग नियन्त्रणका लागि एक महिने अभियान सुरु

साथीन्यूज
१४० पटक

पोखरा /  पछिल्लो समय सरुवा रोगले मात्रै हैन नसर्ने रोगबाट पनि धेरैले ज्यान गुमाउनु परेको छ । त्यसैलाई ख्याल गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग नियन्त्रणका लागि एक महिने अभियान शुरु गरेको छ ।
नेपालमा पछिल्लो समय सरुवा रोगले मात्रै हैन नसर्ने रोगबाट पनि धेरैले ज्यान गुमाएका छन् । मधुमेह, उच्च रक्तचाप, मिर्गौला, क्यान्सर लगाएतका रोगबाट मानिसहरुको ज्यान जाने गरेको छ । यी रोगका बिरामी बढिपछि सरकारले नसर्ने रोग नियन्त्रणका लागि एक महिने परीक्षण तथा पहिचान अभियान थालेको छ ।
समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिना भर पहिचान र उपचार अभियान सञ्चालन गर्ने गरि अभियानको सुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ ।


अभियानको स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरामा स्वास्थ्य मन्त्री प्रदिप पौडेलको रगत परिक्षण रक्तचाप परिक्षणका साथै तौल र उचाई लिएर शुरु गरे । हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू ९मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात० पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरिएको मन्त्री पौडेलले बताए ।

यस वर्ष कार्यक्रमका तीनै तहका सरकार मातहत रहेका स्वास्थ्य संस्थाबाट मिलेर संचालन गरिने छ । नेपालभित्र बसोवास गर्ने ३० वर्षभन्दा माथि उमेरका सबै व्यक्तिलाई प्रत्यक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरू, आयुर्वेद औषधालय तथा आधारभूत अस्पतालमा अभियान सञ्चालन गरिने छ । पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको संख्या बढ्दै गएको छ । निर्देशिका अनुसार नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले हुने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटा बताउछन् ।
बदलिदो जीवनशैली, बढ्दो सहरीकरण, परिवर्तन जनसङ्ख्याको अनुपात जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा झनै बढ्दो क्रममा रहेको छ । मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चार जना वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने गरेको छ । समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिस्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च भइराखेको र अल्पायुमानै मृत्यु हुने क्रम बढेको प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले बताए ।
अभियानमा ३० वर्ष काटेका करिब एक करोड ४० लाखको परीक्षण गर्ने लक्ष्य सरकार छ । ती व्यक्तीहरुले यो अभियानबाट लाभ लिने अनुमान सरकारको छ । आगामी बर्ष देखी बजेटमा सम्बोधन गरेर अभियानलाई थप प्रभावकारी बनाउने सरकारको योजना रहेको छ । विरामी अस्पताल आउन भन्दा पहिले नै रोगको स्कृनिङ गरेर मृत्यु दर घटाउने र बढ्दो स्वास्थ्य समस्यालाई न्युनीकरण गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिकृया दिनुहोस्