Skip

News Portal

नेपाल यातायात व्यवसायी संगठन कास्कीको अध्यक्षमा पुनः मनोज रसाइली

साथीन्यूज संवाददाता
१३९ पटक

पोखरा ।
नेपाल यातायात व्यवसायी संगठन कास्कीको प्रथम भेला तथा अधिवशेन पोखरामा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेला तथा अधिवेशनबाट १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संगठनको नेतृत्वमा पुनः मनोज रसाइली चयन भएका छन् ।

जसको उपाध्यक्षमा नारायण प्रसाद शर्मा र गोपाल घिमिरे, सचिव बिष्णु प्रसाद अधिकारि ,सहसचिव श्याम कुमार ताम्राकार , कोषाध्यक्ष दिविराम पाण्डे रहेका छन् । यस्तै सदस्यहरुमा दल वहादुर मगर, महदत्त आचार्य ,रमेस सापकोटा ,कृष्ण अधिकारी चयन भएका छन् । निर्वाचित नयाँ समितिले तीन जना मनोनय पछि समिति १३ सदस्यीय हुनेछ ।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी संगठनका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेपाल यातायात व्यवसायी संगठनका केन्द्रीय सल्लाहकार केदार पौडेल, उपमहासचिव गान्धिराज गिरि, पृथ्वी राजमार्ग कम्पनी प्रालिका अध्यक्ष य‍ोगेन्द्रबहादुर केसि, नेपाल यातायात मजदुर संघका अध्यक्ष सूर्यभक्त पौडेल, संगठनका प्रदेश अध्यक्ष प्रकाशमणी तिवारी, अर्जुन पौडेल लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्