Skip

News Portal

लेकसाइडमा कोटिहोम नहुने, बैकल्पिक स्थान खोज्ने सहमति

साथीन्यूज संवाददाता
१२७ पटक

पोखरा ।

मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडमा कोटिहोम नगर्ने भएको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको सुरक्षा निकायसहितको बैठकले लेकसाइडमा कोटिहोम लगाउन नदिने र अन्यत्र गर्नका लागि बसेर छलफल गर्ने सहमति भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

‘पोखराको लेकसाड जहाँ अहिले उहाँहरु (मानव सेवा फउण्डेसन) ले गर्ने भनिएको ठाउँमा कोटिहोम नगर्ने र अन्यत्र कहाँ भन्ने विषयमा बसेर छलफल गर्ने भन्ने सहमति भयो’ बैठकपछि प्रवक्ता तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय तथा आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरू सम्मिलित छलफलपछि सोमबार यस्तो सहमति जुटेको हो । बैठकमा कोटिहोम कार्यक्रमलाई महानगरपालिकाले पनि अपनत्व लिने र अहिले तोकिएको ठाउँ भन्दा अन्यत्र नै गर्ने विषयमा सहमति भएको विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खरालले पनि बताएका छन् ।

‘कोटिहोम गर्न दिने भन्ने विषयमा सहमति भयो, तर अहिले तोकिएको ठाउँमा नभई अन्यत्र गर्ने भन्ने विषयमा सहमति भएको छ । ठाउँ पछि छलफल गरेर टुंग्याइनेछ’ उनले भने ।

यस अगाडि कोटिहोम आयोजना गरेका विजय कृष्णमुर्तिले तोकिएकै स्थानमा र तोकिएकै मितिमा कोटिहोम गरेरै छाड्ने घोषणा गरेका थिए भने पोखरा महानगरले लेकसाइडमा अहिले तोकिएको स्थानमा कूनैपनि हालतमा यज्ञ गर्न नदिने अडानमा अडान लिएको थियो ।

प्रतिकृया दिनुहोस्