Skip

News Portal

रुपा गाउँपालिकाले मनायो स्थापना दिवस

साथीन्यूज संवाददाता
१६ पटक

२७ फागुन, पोखरा ।
रुपा गाँउपालिका कास्कीले स्थापना दिवस मनाएको छ । पालिकाको खेल मैदान भिरकोटमा आयोजित एक कार्यक्रमकाविच पालिकाले स्थापना दिवस मनाएको छ ।

स्थापन दिवसको अवसरमा पालिकाले वडास्तरीय पुरुष भलिबल, विभिन्न जातजाति र समुदायहरुको भाषा, धर्म, संस्कृति संरक्षण र संवर्धन गर्न झाँकी प्रदर्शन प्रतियोगिता, जैविक विविधतासम्बन्धी कृषि प्रदर्शनीमा रुपामा उत्पादन भएको महको चाका खाने कार्यक्रम, स्थानीय स्तरका रैथाने बाख्रा र रैथानी बाली प्रदर्शनीसमेत गरिएको थियो ।

पुरुष भलिबलमा वडानम्बर ६ विजयी भएको छ । ७ नम्बर वडालाई पराजित गदै वडानम्बर ६ ले ७७ हजार राशिको भलिबल प्रतियोगिताको उपाधि जितेको हो । यस्तै उपविजेता बनेको वडानम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैया प्राप्त गर्यो । तृतिय भएको वडानम्बर ५ ले ३३ हजार तीन सय ३३ रुपैया प्राप्त गर्यो ।

यस्तै झाँकी प्रदर्शनीमा देउराली नेवा खल रुपा–५ प्रथम भएको छ । बहुजातीय साँस्कृतिक संग्राहलय रुपा– ५ द्धृतिय, शान्ति रुपा बराहथोक तमु समाज रुपा–५ तृतिय र प्रगतिशिल आमा समूह रुपा–६ सान्त्वना भएको छ ।

झाँकी प्रदर्शनी प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

पालिकाको विकास र समृद्धिमा सहयोग पु¥याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि, एमडी, गरेका विभिन्न व्यक्तिलाई कार्यक्रममा रुपा रत्नबाट सम्मान गरिएको छ ।

सम्मानित हुनेमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदास न्यौपाने, नवराज सुवेदी र सरिता तिमिल्सीना पंगेनी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुरस्कार र सम्मानीत व्यक्तीलाई समान गरेका थिए ।

गाँउपालिकाका अध्यक्ष नवराज ओझाले कृषिलाई प्राथमिकतामा राखेर विकास निर्माणको काम गरिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको स्वागत विभिन्न राजनीतिक दलहरुले शुभकामना मन्तब्य राखेका थिए । पालिका स्थापना सगै रुपामा ९० किलोमिटर सडक कालोपत्रे बनेको छ भने एक घर एक घारा कार्यक्रम पनि अन्तिम चरणमा पुगेको छ । पालिकाले एक घर एक टनेट कार्यक्रम संचालन पछि अहिले एक घर एक मौरी कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्