Skip

News Portal

पोखरा १४ मा वृहत योग शिविर हुँदै

साथीन्यूज संवाददाता
३३ पटक

पोखरा, ४ फागुन ।
पोखरा महानगरपालिका वडा नम्बर १४ ले वृहत योग शिविरको आयोजना गर्ने भएको छ । वडावासीलाई स्वस्थ राख्ने उदेश्यका साथ वडाले पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति, पतञ्जली युवा योग समिति र गीता जुम्बा क्लास कास्कीको सहयोगमा निशुल्क योग शिविरको आयोजना गर्न लागेको हो ।

यही फागुन ६ देखी १० गते सम्म सिविर संचालन हुने छ । योग शिविरबारेमा जानकारी दिदैँ वडा अध्यक्ष बोधबहादुर कार्कीले मानिसहरु संग जति सम्पत्ति भएपनि अस्वस्थ भएमा त्यसको केही अर्थ नभएको सुनाए । उनले योग गर्दा मानिसमा निरोगी हुने क्षमता आउने भएकाले हरेक नागरिकलाई स्वस्थ बनाउनका लागि योग शिविरको आयोजना गर्न लागेको बताए ।

वृहत योग शिविर पाँच दिनसम्म शुक्रराज बलभद्र माविको खेल मैदानमा सञ्चालन हुनेछ । योग शिविर विहान साढे पाँच बजेदेखी सातबजेसम्म सञ्चालन हुनेछ । शिविरमा चार हजार बढीको सहभागिता रहने अनुमान गरिएको छ । भने छिमेकी वडावासीलाई समेत योग शिविरमा सहभागि हुन वडा अध्यक्ष कार्कीले आग्रह गरे ।

वडाले हाल विभिन्न २० स्थानमा योग समिति सञ्चालन गरेको छ । वडाकै सहयोगमा म्याट र योग प्रशिक्षक समेत उपलब्ध गराइएको छ ।

प्रतिकृया दिनुहोस्