Skip

News Portal

कास्की प्रहरीद्वारा फेवातालमा छड्के अनुगमन, मापसे गर्ने डुङ्गाचालक नियन्त्रणमा भिडियो सहीत

साथीन्यूज
६९ पटक

पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको उपस्थितिमा अनुगमन गरिएको हो ।

प्रहरी प्रमुख ओलियाले पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगर्ने गरेको भन्ने लगायतका गुनासो आएपछि अनुगमन गरिएको बताए । यथार्थ के हो भन्ने बारेमा जान्नका लागि संयुक्त रुपमा अनुगमन गरेर मापसे चेक गरिएको उनले खुलाए । बाराही घाट र फिस्टेल गेटमा रहेका डुङ्गा चालकलाई मापसे चेक गर्दा एकजना चालक मापसे गरेको अवस्थामा भेटिएका थिए । मापसे गरेर डुङ्गा चलाउन हुने रहेनछ भन्नेमा सजग गराउनको लागि यो कार्य गरिएको उने प्रष्ट पारे । अनुगमनका क्रममा भेटिएका मापसे गर्ने डुङ्गाचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लापरवाही गर्ने डुङ्गा चालकलाई कानुनी अनुसार कारबाही अगाडि बढाउने उनको भनाइ छ । यो अनुगमन कार्य निरन्तर रहने कास्कीका प्रहरी प्रमुख ओलियाले जनाए ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले फेवातालमा डुङ्गा शयर गर्नेको सेफ्टीको लागि लाइफज्याकेट अनिर्वाय गरिएको बताए । पछिल्लो समयमा फेवातालमा हुने डुङ्गा दुर्घटनामा कमी आएको दावी उनको छ । तालमा छाल आउँदा, हावाहुरी आउँदा रेस्क्यु मोटरबोट मार्फत उद्धार गर्ने गरिएको छ । साथमा शसस्त्र प्रहरी र नेपाली सेनाको रेस्क्यु डुङ्गा पनि तयारी अवस्थामा रहने गरेको छ । निकट भविष्यमा चालकहरूलाई छुट्टै खालको लाइफ ज्याकेट बनाउने, चालक र यात्रुको लागि बीमाको व्यवस्था गर्न लागिएको उनले खुलाए । अनुगमन गर्नका लागि एकजना कर्मचारी नै खटाउने गरिएको र उसले डुङ्गा चालकले गर्ने व्यवहारका बारेमा निगरानी गर्ने गरेको छ । हालै मात्र तीन जनालाई तीन महिनासम्म डुङ्गा चलाउन नपाउने गरेर कारवाही गरिएको उनले जनाए ।

सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले डुङ्गा चालकले लापरबाही गर्दा यहाँ आउने पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकोले सतर्क गराउनका लागि अनुगमन गरिएको बताए । हावाहुरीको मौसम सुरु हुन लागेको र विगतमा हावाहुरीको समयमा बढी मात्रामा डुङ्गा दुर्घटना हुने गरेको कारणले त्यसलाई ध्यान दिँदै अनुगमन गरिएको खुलाए ।हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्