
२८ फागुन, पोखरा ।
पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले संचालनमा ल्याएको बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट उद्याटन भएको छ ।
बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट संचालनमा ल्याएको छ । सोही नयाँ आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार एक कार्यक्रमकाबिच उद्याटन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुदैँन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको भन्दै मन्त्री थापाले व्यवसाय सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रममा बाल्दै पोखराको निजी क्षेत्रका धरोहर एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जोखिमको साहस लिन सक्ने व्यक्तीले नै सफलता प्राप्त गर्ने बताए । बिजीएन ग्रुपले मेहनत, धैर्यताले नै निरन्तर सफलता प्राप्त गरिरहेको उनको भनाई थियो । व्यवसायबाट अकुत कमाउने भन्दा पनि सेवा गरेर उचित लाभ लिने गरी व्यवसाय गर्न उनले सुझाव दिए ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले बिजएन ग्रुपको पाचौँ प्रतिष्ठानको रुपमा आफ्नै भवनमा घरयासी प्रयोजनका बस्तु बिक्री गर्ने किचन एण्ड इलेक्ट्रोनीक्स व्यवसाय सुरु गरिएको जानकारी दिए । व्यवसायी मैत्री पोखरा बनाउने र व्यवसायीक वातावरण बनाउनका लागि अप्ठ्यारो अवस्थामा पनि व्यवसाय विस्तार गरिएको उनले बताए ।
ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गदैँ आएको थियो, कोइरालाले भने, अहिले उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गदैँ किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएका हौँ ।
हरिचोकदेखी याम्दी सम्मको सडक स्तरोन्तीको काम र आर्थिक मन्दीले समेत चुनौती थपिरहेको सन्र्दभमा उक्त क्षेत्रको व्यवसायलाई चलायमान बनाउन चुनौती रहे पनि गुणस्तरीय बस्तु शुलभ मुल्यमा उपभोक्ताको भान्सामा पुर्याउने उदेश्यले व्यवसाय संचालनमा ल्याइएको प्रबन्ध संचालक कोइरालाले बताए ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स संचालनमा आएको कोइरालाले बताए । सबै प्रकारका किचेन र इलेक्ट्रोनिक्स सामाग्री उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
भान्सामा प्रयोग हुने ग्यासदेखी हिटर, पानी तताउने वाटर डिस्पेन्सर, वासिङमेसिन, गिजर, इलेक्ट्रीक भाडाकुडा साथै होटल तथा प्रतिष्ठानहरुका लागि आवश्यक बिजीएन किचेन र इलेक्ट्रोनीक्सका सम्पूर्ण सामाग्री उपलब्ध हुने कोइरालाले बताए ।
उद्याटनको अवसरमा १० प्रतिशत छुटको समेत सुविधा रहेको कोइरालाले बताए । कम्पनीका प्रबन्ध संचालक कोइरालाकी ममतामयी आमा गौरी कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बिजीएन ग्रुप निर्माणको क्षेत्रमा उत्कृष्ट कर्य गदैँ आएको कम्पनी हो । जस अन्र्तगत भक्तगौरी निर्माण प्रालि, बिजीएन टे«ेडर्स (मोटर पार्टस), बिजीएन निर्माण प्रालि संचालनमा छन् । प्रबन्ध संचालक कोइरालाले विभिन्न सामाजिक संघसंथामा सक्रिय रहेका छन् ।