पोखरा, १९ असोज ।
पोखरा महागनरपालिका वडानम्बर ४ ले चाडपर्व केन्द्रीत बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा म्याद गुज्रिका खाद्य यबस्तु बिक्री गरेको पाइए पाइएको छ । रामकृष्ण टोलमा रहेको राज स्टोर्संमा म्याद गुज्रेका खाध्यबस्तु विक्री गरेको पाइएको हो ।
उक्त पसल शिल गरीएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । विगतका वर्षहरुमा पनि उक्त पसलमा म्याद गुज्रेका खाध्य बस्तु तेल, सुजी, चाउचाउ लगायतका बस्तु भेटिएको थियो । पटक पटक चेतावी दिदा समेत पसल संचालक राजकुमार गुप्ताले सुधार नगरे पछि पसल शिल गरिएको पराजुलीले बताए ।
अन्य विभिन्न ८ वटा पसललाई सुधारका लागि निर्देशन दिइएको छ । मुल्यसुची नराख्ने, पसलै पिच्छे फरक–फरक मुल्य भेटिएको छ ।
यस्तै अनुगमन टिमले मासु पसलमा पनि अनुगमन गरेको छ । मासु पसलले कुखुरा र भैसीको मासु सगै राखेर विक्री गरेको, सरसफाइ नगरेको भेटिएको छ । यस्तै मासु पसललाई कुहिएको दुर्घन्धीत मासु पनि भेटिएको छ । ती पसलाई सरसफाई गर्न र व्यवसाय सुधार गरी संचालन गर्न सुझाव दिइएको छ ।
पहिलो दिन ३० वटा पसलमा अनुगमन गरिएको र अनुगमनलाइ निरन्तरता दिने वडाले जनाएको छ ।