News Portal

पोखराको जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला भिडियो सहीत

साथीन्यूज
२८० पटक

पोखरा महानगरपालिका–८ जाल्पा रोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

कास्की प्रहरीका अनुसार सोमबार मन्ध्यान्ह करिब पौने १ बजे नारायण पौडेलको घरको ढोकामा नवजात शिशु भेटिएको हो ।

घटनाबारे प्रहरीलाई सूचना प्राप्त भएपछि नवजात शिशु (बालक)को उद्धारपश्चात उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) राखिएको छ ।

नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले छाड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भिडियो सहीत

प्रतिकृया दिनुहोस्