News Portal

६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद पनि बरामद भिडियो सहीत

साथीन्यूज
२७५ पटक

कास्कीको पोखरामा ६/६ किलो सुन र चाँदीका साथै झन्डै ६३ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्। प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मोहरिया बस्ने भारतीय नागरिक सुरजित भौमिकलाई पक्राउ गरेको हो।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर९११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याएको सूचना जिल्ला प्रहरी कार्यालय कास्कीले पाएको थियो।
उक्त सूचनापछि प्रहरीको टोलीले सोमबार राति पौने ७ बजे सुरजितको कोठामा छापा मारेको थियो।

मंगलबार बिहान साढे ४ बजेसम्म कास्कीको टोलीले कोठामा लुकाएर राखेका सुनचाँदी तथा नगद बरामद गरेको कार्यालयका प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

मंगलबार साँझ प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो।

एसपी थापाका अनुसार सुरजितबाट सुनका गहना, काँचो सुन, सुनको बिस्कुट गरी जम्मा ६ किलो ६९ ग्राम सुन बरामद भएको छ। हेरौ भिडियो रिपोर्ट

प्रतिकृया दिनुहोस्