News Portal

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामको सुझाव : सौताका रिसले पोइको नाक काटे झैं नगरौं !

साथीन्यूज
८४७ पटक

काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको विज्ञप्ती निकालेपछि डा.भट्टराईको यस्तो टिप्पणी आएको हो ।

प्रतिकृया दिनुहोस्