पोखरा, ९ असोज ।
टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले एक विदेशी पर्यटकको उद्धार गरेको छ । मर्दी ट्रेकमा गएका नेदरल्याण्डका पर्यटक पलको असोज ७ गते उद्धार गरि पोखरा ल्याइएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।
उद्धार पछि उनलाई टानको कार्यालयमा ल्याइएको र पोखराको पर्यटन र टे«कमा जादा अपनाउनु पर्ने आवश्यक सुरक्षा उपाएका वारेमा जानकारी दिइएको थियो । उनले सुरक्षित रुपमा उद्धार गरि पोखरासम्म फर्कन पाएकोमा खुशी व्यक्त गरे । उनले हिमाली क्षेत्रमा घुम्न जादा नेपाली गाइड अनिर्वाय रुपमा लैजान पनि सुझाव दिए ।
उनी गाइन नलिइ एक्लै टे«क गएका थिए । पदयात्रामा गएका गाइड र पर्यटन व्यवसायीको सहयोगमा तत्कालै उद्धार गर्न सक्दा पर्यटकको ज्यान बचाउन सकिएको आचार्यले बताए ।
गाइड नलिइ जोखिम क्षेत्रमा टे«क गर्न नपाइने भए पनि प्रवेशमा चेकपोष्ट नहुदाँ कडाइका साथ कार्यान्वय हुन सकेको छैन । जसको कारण गाइड नलिइ गएका पर्यटकले आवश्यक सूचना प्राप्त गर्न नसक्दा लेक लाग्ने र पर्यटकको मृत्यु समेत हुने गरेको आचार्यले बताए ।
मर्दी हिमाल टे«क पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिको सहकार्यमा टानले पर्यटकको उद्धार गरेको हो । मर्दी हिमालको माथिल्लो बेसक्याम्प पुगेका पललाई लेक लागेर स्वासप्रस्वासमा समस्या भए पछि तत्काल उद्धार गरिएको मर्दी हिमाल टे«क पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।
दुइ महिना पहिले पोखरा आएका पल असोज ४ गते मर्दी हिमाल तर्फ गएका थिए ।